विराटनगर । श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा जनताको प्रश्न सोध्दा उत्तर नदिए बवाल हुने बताएका छन् ।
उनले रास्वपाका वरिष्ठ नेता बालेन शाह तर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए । उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् जन जनताले चुनिहाले पछि अब सबैले स्विकार्नै पर्छ तर सरकारको नेतृत्व रवीले गर्दा राम्रो ।
उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तार दिन नसक्ने भन्दै बालेन शाह प्रति टिप्पणी समेत गरेका छन् । उनले लेखेका छन्, नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ ।
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेक हर्क साम्पाङ विजय उन्मुख छन् ।
सो क्षेत्रको अन्तिम परिणाम आइ नसकेपनि उनले आफ्ना प्रतिस्पर्धीलाई १३ हजार २९८ मतले पछाडि पारेका छन् । अहिले सम्म साम्पाङले ३३,५६५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २०,२३७ मत प्राप्त गरेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले ५,५८९ र एमालेका टिका राम लिम्बु ४,८४९ मत प्राप्त गरेका छन् । अहिले सम्म धरान उप महानगर र वराहक्षेत्र नगरपालिकाको मत गणना भएको छ । अव रामधुनी नगरपालिकाको २ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

















