सुनसरी । भोजपुरमा नेकपा एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् ।


 १६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो ।


यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५६२८ मत ल्याए ।