झापा । झापामा हावाहुरीले रुख ढाल्दा घरमै सुतिरहेकी एक किशोरीको मृत्यु भएको छ।

गएराति करिब ९ बजे हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको रुखले थिच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

राति किशोरी आफ्नै घरमा सुतिरहेको अवस्थामा वर्षासहित आएको तीव्र हावाहुरीले घर नजिकै रहेको आँपको रुख ढालेको थियो। ढलेको रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रुख ढल्दा राजवंशीको घरसमेत भत्किएको बताइएको छ।