विराटनगर । श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । सो पार्टीका प्रवक्ता सत्य घलेद्धरा जारी विज्ञप्तिमा ४ जना समानुपातिक सांसदको टुङ्गो लगाइएको छ । घलेका अनुसार आदिवासी जनजाति क्लस्टरबाट पूर्ण लिम्बु, खस आर्यबाट अम्बिका सङ्ग्रौला, दलितबाट राधिका रम्तेलको नाम सिफारिस गरिएको छ । यस्तै मधेसीबाट रुवी कुमारी ठाकुरको नाम पनि समानुपातिक सांसदको रूपमा सिफारिस भएको घलेले बताए । ठाकुरको ठाउँमा हिजो आदिवासी महिलाका तर्फबाट मन्दिरा मोक्तानको नाम फाइनल भएको थियो ।
पाटीमा मन्दिरा भन्दा बढी पार्टीमा योगदान पुर्याएका महिलाहरू भएको भन्दै विरोध भएपछि टुङ्गो लागेका नामहरू सार्वजनिक भएको थिएन । समानुपातिक तर्फको बन्द सुचीमा मन्दिराको नाम पहिलो नम्बरमा थियो हेटौडा घर भएकी मन्दिरा पार्टीमा पछि जोडिएको भन्दै विरोध भएपछि जनजाति क्लस्टरको ठाउँमा मधेसी क्लस्टरबाट ठाकुरको नाम सिफारिस भएको श्रम सस्कउती पार्टीका एक नेताले बताए । जनजाति क्लस्टरमा रहकी समला राईले आफूलाई समानुपातिक सांसद बनाउनु पर्ने माग राखेकी थिइन् ।
सो विषयमा विवाद भएपछि तेस्रो नम्बरमा रहेकी मिना सिंगकले नाम फिर्ता लिएकी थिइन् । यस्तै खस आर्यको पहिलो नम्बरमा रहेका जीवन विष्टले समेत नाम फिर्ता लिएका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको छ ।
सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ ।
















