सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वय तथा रोटरी क्लब अफ इटहरीको सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको छ।

एक कार्यक्रमका बीच नगर उपप्रमुख नन्दकुमारी सुनुवार, सामाजिक विकास शाखा प्रमुख अरुण प्रसाद मेहता, उद्योग वाणिज्य संघ बराहक्षेत्रका अध्यक्ष तुलसी बहादुर श्रेष्ठ तथा रोटरी क्लब अफ इटहरीका अध्यक्ष देव चरण चौधरी लगायतले सामग्री हस्तान्तरण गरेका हुन्।

अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउने उद्देश्यले ह्वीलचेयर वितरण गरिएको जनाइएको छ।

कार्यक्रमको समन्वय रोटरीकर्मी चेतन धमलाले गरेका थिए।