सुनसरी ।  गैंडाको खागसहित चार जना सुनसरीको बर्जु गाउँपालिकाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुराकीको आधारमा झापाबाट उनीहरूको पिछा गर्दै बर्जु ताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ  पक्राउ पर्नेहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको छ।

बराह बाहिनी पकलीका अनुसार, पक्राउ पर्नेमा ३ जना बर्जुका स्थानीय र १ जना मोरङ का रहेका छन्। उनीहरूबाट बरामद भएको गैंडाको खागको थप विवरण र मूल्यांकन भइरहेको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।