सुनसरी– साबिक बिजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबारराती सम्पन्न पहिलो सेमीफाइनल खेलमा युवा समाज मोरङले मछिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो ।

निर्धारित समयमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पनि दुबै टिमबाट ४–४ गोल भएपछी खेल सडेनडेथमा गएको हो ।WhatsApp Image 2026-04-17 at 21.29.01

सडेनडेथमा मछिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन । त्यसपछी निर्णायक प्रहार गर्न आएका पदम भटराईले गोल गरेपछी युवा समाज उपाधी नजिक पुगेको हो ।

त्यसअघिको पेनाल्टीमा मछिन्द्रका रोहित चन्द, दिपेश गुरुङ, देबेन्द्र तामाङ र तुसार बिश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

युवा समाजका रामचन्द्र वाजी, बिशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो ।

त्यसअघिको निर्धारित समयको १३ औ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।WhatsApp Image 2026-04-17 at 21.29.01 (1)

सौरब लिम्बुले प्रहार गरेको कर्णर बललाई उनले हेड मार्फत गोल गरेका थिए । १६ औं मिनेटमा प्रदिपलेनै थप अर्को गोल गरेपछी मछिन्द्रले २–० को अग्रता लिएको थियो ।

गोलकिपर प्रमञ्जय गच्छदार अघि बढेको मौकामा उनले प्रहार गरेको बल गोलपोष्टको लाइनमै रहेका बिपक्षी डिफेण्डरले क्लियर गर्न नसक्दा मछिन्द्रले अग्रता दोब्बर बनाएको थियो । खेलको २२ औं मिनेटमा युवा समाजका जन्मजय धामीले गोल फर्काएपछी खेल २–१ को अवस्थामा आयो ।

पदम भटराईले दिएको पासलाई कमजोर डिफेन्सलाइनको फाइदा उठाउदै धामीले बललाई पोष्टको दिसा दिएका थिए ।WhatsApp Image 2026-04-17 at 21.29.02

पहिलो हाफको अन्तिम तीन मिनेटको अतिरिक्त समयमा युवा समाजका सुजन डंगोलले गोल गरेपछी खेल २–२ को बराबरीको अवस्थामा आयो ।

सृजनराज गौतमले दिएको लामो पासलाई डंगोलले आकर्षक हेड गोल गरे । पहिलो हाफ २–२ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको २४ औं मिनेटमा पदम भटराईले गोल गरेपछी मोरङको टोली ३–२ को अग्रतामा लिदै खेलमा पुनरनगमन गर्यो । तर अन्तिम चार मिनेट सम्हालिन नसक्दा युवा समाजले जीतका लागि पेनाल्टी सुटआउट हुदै सडेनडेथसम्म कुर्नुपर्यो ।WhatsApp Image 2026-04-17 at 21.30.23

दोस्रो हाफको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा देबेन्द्र तामाङले गोल फर्काएपछी खेल ३–३ को बराबरीमा आयो ।

त्यसपछी खेलको निर्णय पेनाल्टी सुटआउट हुदै सडेनडेथमा पुगेको हो । खेलको प्लेयरअफद म्याच पदम भटराई घोषित हुदै नगद १० हजार हात पार्न सफल भए ।

शनिबारको अन्तिम सेमिफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाण्डौबिच खेल हुनेछ ।

राष्टिय जागृती क्लबले आयोजना गरेको खेलको फाइनल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।

फाइनल खेल बैशाख ७ गते हुनेछ ।