विराटनगर । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गुरूङले आज(बुधबार) पदबाट राजीनामा दिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका छन्। स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।















