विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।  सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा आङदेम्बेलाई दलको नेता चयन गरिएको हो । 

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिन लगाएर सर्वसम्मतको कसरत गरेको थियो ।