इटहरी । सुनसरी जिल्लामा क्रियाशील शिक्षक तथा कर्मचारीहरूको संयुक्त भेलाबाट नेपाल शिक्षक महासंघ सुनसरीको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । महासंघको अध्यक्षमा दुखाराम खाँ चयन भएका छन् ।

भेलाले खाँको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । नवगठित समितिको सहअध्यक्षमा राजनकुमार ढकाल, उपाध्यक्षमा मेदनकुमार घिमिरे, महिला उपाध्यक्षमा गुल्जरिया यादव, सचिवमा चण्डीराज ढकाल तथा सहसचिवमा ज्ञानु खड्का चयन भएका छन् ।

त्यसैगरी, महिला सहसचिवमा चन्द्रा आचार्य र अर्थ सचिवमा रघुनन्दन मेहता चयन भएका छन् ।

समितिका सदस्यहरूमा उमेशप्रसाद मेहता, रामविलास मेहता, सिर्जना नेपाल, त्रिवेणकुमार सिंह, गीता ढकाल सापकोटा, नारायणप्रसाद सुवेदी र अनन्दीकुमार चौधरी रहेका छन् । यस्तै उमेशकुमार मेहता, सुमित्रादेवी यादव, टीकाराम न्यौपाने, ताराचन चौधरी, राजाराम यादव तथा शिवप्रसाद राई पनि सदस्यमा चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य गंगा ढुंगानाले सपथग्रहण गराएकी थिइन् ।

भेलामा शिक्षकहरूको हकहित, पेशागत एकता र शिक्षा क्षेत्रका समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ।