सुनसरी । नेपाली सेनाको पूर्बी पृतना हेडक्वाटर इटहरीमा सम्पन्न ‘पृतनापति ट्रफीमा श्री नं १८ बाहिनी अड्डा उदयपुर च्याम्पियन बनेको छ ।

 आइतबार इटहरीमा सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, २ रजत र २ काश्य सहित कुल ८ पदक जित्दै १८ बाहिनी अड्डा च्याम्पियन बनेको हो । 

प्रतियोगितामा न्ां २ बाहिनी अड्डा हिले धनकुटा दोस्रो बनेको छ ।  नंम्बर २१ बाहिनी अड्डा झापाले तेस्रो स्थानमा चिक्त बुझाएको छ । च्याम्पियन बनेको नंम्बर १८ बाहिनी अड्डाले नगद ५१ हजार पुरस्कार पाएको छ । 

दोस्रो भएको नंम्बर २ बाहिनी अड्डाले ३५ हजार र तेस्रो बनेको नंम्बर २१ बाहिनी अड्डाले २५ हजार रुपैयामा चिक्त बुझाएको छ ।

 बिजेता तथा उपबिजेता टोलीलाई पूर्बी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसी, साहयक रथी दिवाकरबिक्रम शाह, झलेन्द्र भटराई र बिमल कुमार बस्नेतले पुरस्कार बितरण गरे । 

त्यसअघि समापनको अवशरमा भएको भलिबल प्रतियोगिताको फाइनलमा नंम्बर २ बाहिनी अड्डा अन्तर्गतको भगवतीदल गण सुनसरीलाई ३–१ को सेटले पराजित गर्दै नंम्बर १८ बाहिनी अड्डा अन्तर्गतको रणभीम गण खोटाङ बिजेता बनेको छ । रणभीमले पहिलो सेट २५–२०, दोस्रो सेट २५–११ ले जितेको थियो भने तेस्रो सेट २५–२० ले भगवतीदलले आफ्नो पक्षमा पारेर पुनरागमनको संकेत दिएको थियो । 

तर चौथो सेट २५–१२ ले रणभीमको पक्षमा जाँदा उपाधि सुनिश्चित भयो । जेठ १८ गतेदेखी सुरु भएको पृतनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, स्वीमिङ, बक्सिङ, जुडो र एथलेटिक्स गरी ८ वटा बिधाका खेल समावेश रहेका थिए ।

 ती ८ बिधाका खेलहरुमा पूर्बी पृतना हेडक्वाटर अन्तर्गतका ३ वटा बाहिनीका १० वटा गण तथा ४ वटा गुल्महरुबाट छनौट भएर आएका ८ सय २० पुरुष र १ सय ७६ महिला गरी कुल ९ सय ९६ खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।

 प्रतियोगिताका उत्कृष्ट टिम तथा खेलाडीहरुले प्रधान सेनापति ट्रफीमा प्रतिष्पर्धा गर्नेछन । प्रधान सेनापति ट्रफी आगामी भदौमा काठमाण्डौमा आयोजना हुने नेपाली सेनाले जनाएको छ ।