सुनसरी । कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठानको लागि ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

प्रदेश सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सञ्चार क्षेत्रको विकास गर्न बजेट विनियोजन गरेको जानकारी दिएका हुन । 


केही समय अघि मात्रै कोशी प्रदेश सरकारले प्रादेशिक आमसञ्चार ऐन निर्माण गरी प्रदेश सभाबाट पारित भएको थियो । ऐन पारित भएपनि प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठन गर्न सकेको छैन । 


 कोशी प्रदेशमा आमसञ्चार माध्यम तथा पत्रकारिताको विकाससँग सम्बन्धित काम गर्ने गरी प्रतिष्ठान गठन गर्ने प्रदेश सरकारले बताउँदै आएको छ ।