सुनसरी । सुनसरीको दुहवीमा अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको सामुहिक पूजा आयोजना गरिएको छ । भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यो दिनलाई मङ्गल चतुर्थी भनेर समेत विशेष पूजा गर्ने गरिएको छ । दुहबी बजारमा पनि मङ्गल चतुर्थी सामुहिक पूजा स्थलको निर्माण गरी विशेष पूजा आयोजना गरिएको हो । 

ganesh chaturthi  (5)


स्थानीयवासी अगुवा तथा समाजसेवीहरुले दुहवी बजारको सामुहिक पूजा स्थलमा गणेश जीको ठूलो मूर्ति स्थापना गरेका छन्  । स्थानीयबासी तथा श्रद्धालु भक्तजनहरुले सामुहिक पूजा स्थलमा गएर पूजा आराधना गरेका छन् । सोमबारबाट सुरु भएको यो पूजा आज विशेष पूजा गरिएको छ भने भोली बुधबार विर्सजन गरिनेछ । 

ganesh chaturthi  (3)

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।