सुनसरी । हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ विराटनगर र इटहरी बजारमा पनि उपलब्ध भएको छ ।
हुन्डाईका लागि कोशी प्रदेशको आधिकारिक बिक्रेतामार्फत नयाँ भेन्यु बिक्रीका लागि ल्याइएको हो ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य जीबन पराजुलीले इटहरीमा आयोजित कार्यक्रममा उक्त गाडी सार्वजनिक गरे ।
नयाँ भेन्युमा आकर्षक डिजाइनसँगै आधुनिक प्रविधि, आरामदायी फिचर र सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
गाडीको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस प्रयोग गरिएको छ ।
गाडीको भित्री भागमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ ।
अल–न्यु भेन्युमा १.२ लिटर एमपीआई पेट्रोल र १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन् ।
कम्पनीका अनुसार यसले दैनिक यात्राका लागि सहज प्रदर्शनदेखि थप प्रतिक्रियाशील टर्बो पर्फमेन्ससम्मको विकल्प दिन्छ ।
कम्पनीका अनुसार सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) लगायतका सुविधा राखिएका छन् ।
नेपालमा नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
यो गाडी मुख्यतः तीन भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न भेरियन्टका विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र रुचिअनुसार गाडी छनोट गर्न सहज बनाउनेछ ।
नयाँ भेन्यु बिहिबारदेखी विराटनगर र इटहरीस्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको जनाइएको छ ।
ग्राहकले सोरुममै पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा पर्फमेन्सबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।











