विराटनगर । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा २०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।
इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कक अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जना नागरिक पीडित भएका छन् ।
अन्य पक्षबाट भएकाअपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीयव्यवहार घटनामा एक जना, घाइते पाँचजना, हत्याका घटनामा नौ जना, महिलाअधिकारका घटनामा १सय ४३ जना र आर्थिक, सामाजिकतथा सांस्कृतिक अधिकारका घटनामा एक जना नागरिक पीडित भएका छन् ।
तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्य पक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।
कोशी प्रदेश नामाकरणसँगै २०७९ फागुन १७ गतेदेखि पहिचानका आधारमा प्रदेशको नामाकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ । चैत ५ गते विराटनगरमा प्रदेश सरकार विरूद्ध पहिचानकालागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुननामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यानगएको छ ।
आन्दोलनका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न मागगर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामाकरणको विषयमानिरन्तर आन्दोलन गरिरहेको छ ।
नामाकरणको विषयमा लिएर ०७९ फागुन १७गतेयता कोशीप्रदेश अशान्तहुँदानागरिकको स्वतन्त्रतापूर्वक बाँच्नपाउने अधिकार सङ्कुचितभएको इन्सेकले जनाएको छ ।
चैत १४ गते कोशीप्रदेशकामुख्यमन्त्रीसहितप्रदेशसभा सदस्यहरू सहभागीहुने एक कार्यक्रमलाई लक्षित गरी आन्दोलनरत पक्षले कार्यक्रमस्थलविगहोटल परिसरमा नारावाजी र हुलदुङ्गागर्दा प्रहरीसँगभएको झडपमा १४ जनानागरिक घाइते भएको इन्सेक अभिलेखमाउल्लेख छ ।
लाजेहाङको परिवारलाई प्रदेश सरकारको चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले ३ लाख रुपियाँ दाहसंस्कार खर्च उपलब्ध गराउने र सङ्घीय सरकारले चैत २४ गते मृतकलाजेहाङलाई शहिद घोषणा गरेको छ । गृहमन्त्रालयले चैत २८ गते पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय कार्यान्वय नगर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र गरेको छ ।
कोशी प्रदेशका १४ ओटा जिल्लामा तीन महिनाको अवधिमा बालअधिकारका घटनामा ६५ जनाबालबालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ ।
जसमाअपहरण घटनामा दुई जना, बेचविखनका घटनामा तीनजना, र एक जनाबालक, विद्यालयमा दिइने यातनाका घटनामा दुई बालिका र एक जना बालक, बलात्कार घटनामा ४१ जना र यौन दुव्र्यवहार घटनामा १५ जनाबालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।
महिलाअधिकारका घटनामा एकसय ४३ जना पीडित भएको इन्सेकले जनाएको छ । जसमा वेचविखन प्रयास घटनामा एक जना, घरेलु हिंसाका घटनामा १ सय ३ जना, वहुविवाह घटनामा १२ जना, बलात्कारका घटनामा २२ जना, बलात्कार प्रयासका घटनामा चार जना र यौन दुव्र्यवहार घटनामा एक जना गरी १ सय ४३ जनामहिला पीडित भएको तथ्याङ्क सार्वजनिकगरिएको छ । इन्सेकले प्रदेशको मानवअधिकार अवस्थाको स्थितिका बारेमाजानकारी गराउने उद्देश्यले त्रैमासिक रूपमा स्थितिसूचक प्रकाशनगर्दै आएको छ ।
कोशी प्रदेशमा राजनीतिक अधिकार अन्तर्गत भएकाविरोध कार्यक्रमका राज्यकातर्फबाट भएको धरपकड, महिला र बालबालिकामाथि श्रृखलाबद्ध यौनजन्य घटनाले कोशी प्रदेशमा मानवअधिकार सुधार भन्दा कमजोर हुँदै गएको भन्न सकिने अवस्था सिर्जना भएको इन्सेकले जनाएको छ ।
तीनमहिनाको तथ्याङ्कलाई हेर्दा महिला र बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यकालागि राज्यले पक्ष राष्ट्रका रूपमा गरेका अन्र्तराष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयनको सवालमाप्रश्न खडा हुने अवस्थादेखिएको इन्सेक कोशीप्रदेश प्रमुख सोमराज थापाले बताए ।
इन्सेकले अभिलेखीकरण गरेका तथ्याङ्कहरूलाई दृष्टिगत गरी मानवअधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीतितथाकार्यक्रमहरू अवलम्वनगर्न आवश्यक रहेको थापाको भनाइ छ ।