सुनसरी । संघीय सरकारले ल्याउन लागेको शिक्षा विधेयकले आफ्ना माग सम्बोधन नगरेको भन्दै शिक्षकहरूले आइतबार शिक्षा विकास समन्वय इकाई मोरङमा दुई घण्टा धर्ना दिएका छन् ।
२०७५ साल, २०७८, २०८० र २०८२ साल वैशाख १७ गते भएका शिक्षक आन्दोलनका क्रममा सरकारले गरेको सम्झौता विपरीत विधेयक ल्याएको, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बाल कक्षा शिक्षकको पद तथा सेवा सुविधा निश्चित नभएको, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी र करार शिक्षकहरूको लागि आन्तरिक प्रतिस्पर्धाको व्यवस्था नभएको, निवृत्तिभरण प्रयोजनका लागि अस्थायी अवधिको गणना नभएको लगायतका कुरा सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् ।