सुनसरी ।  हिविसकस इङलिस बोडिङ स्कुलले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी स्कुलले कार्यक्रम बारे जानकारी दिएको हो । आगामी  पुष ९ र १० गते  प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलले जानकारी दिएको हो । 

जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता  गर्दै आएको स्कुलले यस पटक भने खुल्ला हाजिरी जवाफ गर्न लागेको हो । 


विद्यार्थीहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिए ।

विगत तिन वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया गर्दै आएको थियो तर यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको झाले जानकारी दिए ।


प्रतियोगितालाई थप प्रभावकारी वनाउन दायरा खुल्ला गरीएको र हाजिरीजवाफमा रुचि भएका जुनसुकै विद्यालयले पनि भाग लिन पाउने झा को भनाईछ ।

खरीदार लेवलको सिलेवसको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेता लगायत परिणाम ल्याउन सक्नेले लोकसेवा आयोग पास गर्न सक्ने क्षमताको विकास हुने पनि झा को भनाई छ । 

 यस पटक पहिलो चरणमा एक सय प्रश्न सोधिने छ भने अंकभार पनि १ मात्र कायम गरीनेछ ।

पहिलो चरणमा ग्रुपमा लिखित प्रश्न दिइनेछ र सो बाट छनौट हुने टिमले फाइनलमा सहभागी हुन पाउनेछन 


प्रतियोगिता सञ्चालनको लागि स्कुलका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिए ।

प्रतियोगितामा १ सय ५० बढी विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानको विश्वास छ । पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १० गते हुने फाइनलमा भाग लिन पाउनेछ । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।


यस पटक प्रथम पुरस्कार राशीमा गतवर्ष भन्दा वृद्धी गरीएको निर्देशक राईले जानकारी दिए । तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् ।


त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।