सुनसरी -  पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामांग र राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले गठन गरेको अल्टिच्युट क्लबको लोगो अनावरण गरिएको छ । इटहरीमा शनिबार एक कार्यक्रमका बिच इटहरी उउमहानगरका नगरप्रमुख हेमकणर् पौडेल र कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले संयुक्तरुपमा अनावरण गरेका हुन ।

     १० बर्षभन्दा लामो समय राखेपमा बिताएका तिम्सिना र पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा थ्रीस्टार क्लबका क्याप्टेन तामांगले खेलकुद क्षेत्रमा हासिल गरेको ज्ञान शिपलाई बाड्ने उदेश्वले क्लब गठन गरेको जनाएका छन । क्लबले बिभिन्न खेलकुदका गतिबिधिलाई ग्रासरुट तहबाटै अभियानको रुपमा लैजाने बताइएको छ ।

        खेलकुदसंगै शिक्षा, स्वास्थ्य र बाताबरणको क्षेत्रमा समेत काम गर्ने क्लबले जनाएको छ । क्लबले केही दिनमा पत्रकार सम्मेलन गरेर बिभिन्न कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । इटहरीमा मुख्य कार्यलय रहेको क्लबमा बिभिन्न खेल क्षेत्रमा लागेका ब्यक्तिहरुको सहभागिता रहेको छ ।