इटहरी । नागरिक समाज इटहरीको अध्यक्षमा बालिका भट्टराई चयन भएकी छन् । नगारिक समाज इटहरीको सम्पन्न बैठकबाट नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ निर्वाचित कार्य समितिको महासचिवमा गंगा आचार्य घिमिरे चयन भएका छन् ।
वैठकले सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो । समाजका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा आ.के राई, उपाध्यक्षहरु दोर्ण बहादुर न्यौपाने र भोलाकाजी बस्नेत चयन भएका छन् । सचिवमा सुरेन्द्र तामाङ र सह सचिवमा लक्ष्मी थेवे चयन भएका छन् ।
समाजका निर्वमान अध्यक्ष राजु केसीले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई पद हस्तान्तरण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष बालिका भट्टराईले इटहरीमा समाजको गरिमालाई थप उचाईमा पुर्याउने गरि काम गर्ने बताईन । नागरिकका आवाजलाई गम्भिरताका साथ उठाउने भट्टराईले बताईन ।