विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई गृह मन्त्रालयले तानेको छ । मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको ९० दिन नपुग्दै भट्टराईलाई गृहले तानेको हो । उनको ठाउँमा वीरेन्द्र यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारीको रूपमा काज सरुवा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले गृहले मन्त्रालयमा हाजिर हुन भनेर पत्र पठाएको बताए । उनले किन र के कारणले आफूलाई तीन महिना मन्त्रालय बोलाइएको हो भनेर आफूलाई थाहा नभएको बताए ।
उनी पञ्जिकरण विभागको महानिर्देशक थिए । महा निर्देशक हुँदा राष्ट्रिय परिचय पत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णय गरेका थिए । यस विषयमा अहिले छानबिन चलिरहेको छ । छानबिन चलिरहेकाले भट्टराईलाई मन्त्रालयमा तानेको आशङ्का गरिएको छ ।