विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि २०७९ खारेज गरेको छ । मंगलवार कोशी प्रदेश सरकार मन्त्री परिषदको बैठकले कार्यबिधि खारेज गरेको हो ।  हरेक बर्ष कोशी प्रदेशमा कार्यरत वरिष्ठताका आधारमा वितरण गर्दै आएको पुरस्कार वितरणको कार्यबिधि २०७९ खारेज गरेको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।  त्यस्तै बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको छ ।