इटहरी । लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरूलाई लिएर ‘एक दिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतका निर्देशक तुलसी घिमिरेले अफिसियल युट्युब च्यानल बाट गीत सार्वजनिक गरेका हुन ।
रमेश प्रसाईँको शब्द तथा सङ्गीत रहेको ‘एक दिन’ बोलको गीत प्रितम आचार्य र तुलसी घिमिरेले गाएका छन् । गीतलाई रोहन देवकोटाले एरेन्ज गरेका हुन भने उत्सव आचार्यले मिक्सिङ मास्टरिङ गरेका हुन । इटहरीको ड्रिम्स फोटोग्राफीले पोस्ट प्रोडक्सन गरेको छ । 
गीतको म्युजिक भिडियोमा लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरूले अभिनय गरेका छन् । तुलसी घिमिरेले निर्देशन गरेको म्युजिक भिडियो संयोग जङ बिस्टले खिचेका हुन । 
इटहरीको ओसियन पार्क, गोकुलम रिपोर्ट, इटहरी रङ्गशालामा छायाङ्कन गरिएको छ ।
इटहरी आर्ट्स एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ मा प्रथम लिटिल मिस्टर इटहरी रिहान दाहाल, प्रथम लिट्टिल मिस इटहरी नम्रता श्रेष्ठ, फस्ट रनर अप  अर्चित भट्टराई, फस्ट रनर अप  रिहाना ओझा, सेकेन्ड रनर अप दृश्य बराल, सेकेन्ड रनर अप बिमिसा रेग्मी भएका थिए ।