इटहरी  । मोरङको  सुन्दरहरैचा नगरपालिका स्थित बलियामा’सेफ्स बर्गर’ ले आफ्नो आठौँ शाखा सञ्चालनमा ल्याएको छ । 
काठमाडौँ र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफ्नो आठौँ  रेस्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो । 
सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै  आठौँ आउट लेट सञ्चालनमा ल्याएको सेफ्स बर्गर’का सञ्चालक महेन्द्र तामाङले  बताए । उनले चाँडै   धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए । 
सेफ्स बर्गर वैदेशिक रोजगारमा गएर होटेल व्यवसायको सीप सिकेर आफ्नै देश फर्केका  नेपाली युवा(सेफ) हरूले स्थापना गरेको खाद्य परिकार बिक्रि गर्ने रेस्टुरेन्ट कम्पनी हो । दुबईमा रहेको पाँचतारे होटेल जुमेरा टावरमा १५ बर्ष भन्दा बढी सेवा गरेका नेपाली युवाहरू   सङ्खुवासभा धर्मदेवी नगरपालिका–८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगा चोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङ स्वदेश फर्केपछि २०७५ सालदेखि चेन ब्रान्ड रेस्टुरेन्ट   सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेका हुन् ।