विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिजले पहिलो पटक ह्वाईटमुन सेनेटरी प्याड सार्बजनिक गरेको छ। विराट मेडिकल कलेजमा एक कार्यक्रमको विच सेनिटरी प्याडको नयाँ  उत्पादन सार्बजनिक गरेको हो । विराट हेल्थ केयर इन्डष्ट्रिले विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेनिटरी प्याड उत्पादन सुरु गरेको जनाएको छ।  

उत्पादन गरेको सेनेटरी प्याड ह्वाइट मुनकाबारेमा जानकारी गराउँदै विराट केयर इन्डष्ट्रिजका  म्यानेजिङ डाईरेक्टर छत्रबहादुर खड्काले नेपालमै गुणस्तरिय सेनेटरी प्याड उत्पादन भईरहेको बताए । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको अवसर पारेर  ह्वाईट मुन सेनेटरी प्याडको उत्पादन सार्बजनिक गरेको हो ।white moon (2)

उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरूको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएको विराट हेल्थ केयरका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताईन् ।  ‘गुणस्तरको सेनिटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको छ, उनले भनिन्, विराट हेल्थ केयरले उत्पादन गरेको सेनिटरी प्याड महिलाहरुको स्वास्थ्य र सुरक्षाको बलियो आधार हो ।’  प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनावारीको समस्यालाई ध्यानमा राखेर गुणस्तरीय सेनेटरी प्याड ह्वाईट मुन बजारमा ल्याईएको थापाले जानकारी दिईन् ।  सेनिटरी प्याड ‘हवाइट मुन’को मुख्य उद्देश्य भनेको आयातीत सेनिटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रुपमा उपलब्ध गराउने रहेको उनले  जानकारी दिईन् । white moon (3)

विराट हेल्थ कयरले चीनबाट ल्याएको आधुनिक उपकरणबाट सेनिटरी प्याड उत्पादन हुने गरेको छ । दैनिक तीनदेखि चार लाख सेनिटरी प्याड उत्पादन गर्न सक्ने क्षमता कम्पनीको छ । अहिले फुल फेजमा संचालनमा नआउँदा समेत दैनिक दुई लाख ५० हजार सेनिटर प्याड उत्पादन गर्दै आएइको कम्पनीले जनाएको छ । white moon (1) कम्पनीले सेनिटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनावारीमा देखिएका अन्धविश्वासलाई घटाउने अभियान चलाईने  थापाले जानकारी दिईन्  ।  उनले सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी भन्ने  यो अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको बताएकी छिन् । white moon (5)

चार विगाहा क्षेत्रफल रहेको उद्योगमा करिब २ सय जनाले रोजगारी दिएको छ।  जसमध्ये ६० प्रतिशत महिला रहेका छन्। एकै छानामुनी धेरै ८ प्रकारका उत्पादन हुँदै आएको छ। ५५ करोड लगानीमा स्थापना भएको विराट हेल्थ केयर ईन्डष्ट्रीले सेनिटरी प्याड, मास्क, अल्ट्रासाउण्ड जेली, सु कभरलगायतका ९ प्रकार स्वास्थ्य सामाग्रीहरु उत्पादन गर्दै आएको  छ । 

white moon (4)