विराटनगर । नागरिकता विहीन युवाहरूले विराटनगरमा धर्ना थालेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी उनीहरूले धर्ना सुरु गरेका हुन् । जन्मसिद्धका आधारमा नागरिकता व्यक्तिका सन्ततिले अझै नागरिकता पाउन सकेका छैनन् । नागरिकता नहुँदा सबै ठाउँमा समस्या भएको उनीहरूको भनाई छ। नागरिकता नहुँदा आफूले पढेको विषयको पनि लाइसेन्स पाउन नसकेको विराटनगर महानगरपालिका– १२ की मलिना मण्डलले बत्ताइन् । ‘२०७४ सालमा सैलजा आचार्य मेमोरियल पोल टेक्निक इन्सिस्ट्युटबाट नर्सिङ पास गरेँ उनले भनिन्, परीक्षा पास गरे पनि नागरिकता नभएका कारण मैले लाइसेन्स पाएकी छुइन ।’
विराटनगर महानगरपालिका– ८ का सागर विश्वासले समेत नागरिकता नहुँदा समस्या भएको बताए । नागरिकता नभएकै कारण घरमा विद्युत् प्राधिकरणले काटिदिएको विद्युत्को महसुल समेत तिर्न नपाएको विश्वासले बताए । जन्मसिद्धका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले नागरिकता प्राप्ति गर्ने बारेमा कानुनले स्पष्ट व्यवस्था नगरेको कारण नागरिकता पाउन समस्या भएको उनीहरूको भनाई छ। राज्यले पटक पटक नागरिकता दिने भनेर झुक्याएको उनीहरूले बताएका छन् ।