विराटनगर । पेसागत महासङ्घ नेपाल जिल्ला समिति मोरङले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। दिवसको अवसरमा विराटनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सहित महासङ्घको विराटनगर महानगर समितिको प्रथम अधिवेशन सम्पन्न गरेको महासङ्घले जनाएको छ। अधिवेशनबाट बोधराज घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा सूर्य गुरागाईँ, सचिवमा रमेश नेपाल, सहसचिवमा राजेन्द्र कुइँकेल र सुरतलाल चौधरी कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै अन्य विभिन्न घटकबाट ९ सदस्य रहेको समिति सर्वसम्मत चयन गरेको हो। नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य मेघनाथ घिमिरे, प्रदेश अध्यक्ष अशेष लम्साल, विभिन्न घटक संस्थाका अध्यक्ष सहित महासङ्घमा आबद्ध सदस्यहरूको उपस्थिति रहेको महासङ्घ मोरङका अध्यक्ष प्रकाश शर्मा जानकारी दिए ।