इटहरी । इटहरीको मुख्य बजार हुँदै बग्ने टेङ्ग्रा खोला फोहोर र दुर्गन्धित हुन थालेपछि अल्टिट्युड क्लबले सफाइ गरेको छ । फोहर फाल्ने गरेका कारण साथै झार उम्रिएर खोला कुरूप बनेको थियो । डोजर लगाएर खोला भित्रको फोहोर निकालिएको थियो । खोलाको डिलमा झार उम्रिएर खोला नै ढाकिएको थियो । झार काटेर सफा गरिएको छ ।
क्लबले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर टेङ्ग्रा खोलामा सरसफाइ गरेका हुन । क्लबका सदस्यता तथा अन्य सामाजिक संस्थाका अगुवाहरूको सहभागितामा खोला सफाइ गरिएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर खोला सफाइ गरिएको अल्टिट्युड क्लबका उपाध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए । क्लबले निरन्तर रूपमा सामाजिक कार्यहरू गर्दै जाने बताए ।

अल्टिट्युड क्लब केही समय अघि मात्रै एक कार्यक्रम गरी आफ्नो लोगो सार्वजनिक गरेको थियो । विभिन्न खेलकुद तथा सामाजिक कार्यहरू सञ्चालन गर्ने क्लबले जनाएको छ ।