विराटनगर । कोशी प्रदेशमा देखिएको कर्मचारी अभावको समस्या जेठ देखि समाधान हुने बताएका छन् । विराटनगरमा पहाडी क्षेत्र काष्ठ फल तथा फलफूल विकास आयोजनाले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै लोकसेवालाई कर्मचारी भर्नामा बाटो खोलिदिएको ज्येष्ठ महिनादेखि कर्मचारी भर्नाको काम सुरु हुने बताए ।
उनले यस्ता आयोजना सफल बनाउने या असफल बनाउने कुरामा स्थायी सरकार कर्मचारीको भूमिका हुने बताए ।
उनले प्राविधिक कर्मचारीले तल्लो तहसम्म कसरी बुझाउन सकिन्छ भन्नेमा ध्यान दिनु पर्ने बताए । उनले भने, किसानलाई उत्प्रेरित गर्ने गरी जानुपर्छ ।
प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले ताप्लेजुङ, इलाम, सङ्खुवासभा र उदयपुर जिल्लालाई पनि छुटाउन नहुने बताए ।
उनले योजनालाई व्यवहारिक बनाएर जानू पर्नेमा जोड दिए । हावापानी अनुसारको उत्पादनमा जोड दिइनु पर्छ, उनले भने, हाम्रो काम गर्ने कल्चर हराउँदै गएको छ, त्यस्ता लाहुरे कल्चरलाई यस्ता कृषि क्षेत्रका परियोजनाले तोड्नु पर्छ ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले आयोजना कार्यान्वयनको विषय तीन तह बिचको समन्वयको चुनौतीपूर्ण हुनसक्ने सुझाव दिए ।
नर्सरी उत्पादनदेखि फल लाग्ने समयसम्मको अवधि लामो समय हुने भएकोले आयोजना समय छोटो हुनसक्नेमा जोड दिए ।
कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा सञ्जीव राईले चोटपटक लाग्ने फलफूलको बिमाको विषयलाई समेटेर जान सुझाव दिए । प्रदेशमा कर्मचारी अभाव भएको बेलामा अस्थायी दरबन्दी सिर्जना र व्यवस्थापनको विषय पनि गम्भीरता पूर्वक लिइनु पर्ने बताए ।
कृषि विज्ञ डा राजेन्द्र उप्रेतीले सप्लाई सिस्टमलाई समय बढाउने हो भने उत्पादित बस्तुको बजारीकरणमा किसानले राम्रो फाइदा लिन सक्ने बताए ।नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बीउ मल र उपकरण सामाग्रीमा सरकारले सहयोग गर्नु पर्ने बताए ।
प्रविधिको विकास गरी कृषि उत्पादनको विकासगरि निजी क्षेत्रलाई आकर्षित गर्नु पर्नेमा जोड दिए । उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाले कृषिमा आएको आयोजनाले कोशी प्रदेशको कृषिमा धेरै परिवर्तन गर्न सकिने बताए ।