विराटनगर । मोरङमा आत्म दुरुत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते आत्मदाह प्रयास गरेका थिए । महानगरपालिका ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा उपचारको क्रममा रेड प्लस अस्पताल १५ गते मृत्यु भएको थियो । उनको मृत्यु भएपछि प्रहरीले त्यसबारेमा थालेको अनुसन्धानको क्रममा वैशाख १६ गते आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको परेपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले जानकारी दिए । विराटनगर महानगरपालिका ४का ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेललाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये पोखरेललाई घरैबाट र सविनालाई झापाको कमल गाउँपालिका वडा नं. ४ बाट मङ्गलवार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको दाहालले बताए ।