विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा ईलामबाट निर्वाचित प्रदेश सभा सदस्य रामबहादुर राना मगर चयन भएका छन्  ।  बुधबार नेकपा संसदीय दलले रानालाई दलको उपनेतामा चयन गरेको छ । यस अघि उनी प्रदेश सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका थिए ।  इलाम २(२)बाट निर्वाचित रानालाई मन्त्री बनाउने हल्ला चलाईएको थियो ।  नेकपा एमालेले  कोशी प्रदेश संसदीय  दलको सचेतकमा भोजपुरकी सृजना राई चयन गरेको छ । राई भोजपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी हुन । उपनेता राना र राई दुबैजनालाई संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री बनाउने चर्चा  थियो ।   मुख्यमन्त्रीले मन्त्रालयको संख्या घटाएर ९वटामा झारेपछि दुबैजनाले मन्त्री बन्न पाएनन्  ।