इटहरी । प्रहरीले सुनसरीको धरानबाट २ सय २७ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले आज बिहानै ८ वटा बोरामा राखिएको २२७ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
धरान १३ स्थित शिवधारा चेक प्वाइन्टमा प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा वरामद भएको सशस्त्रले जनाएको छ । पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका- ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी-२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन ।