इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले महत्त्वपूर्ण निर्णय गर्दै नयाँ जिम्मेवारी तोकेको छ । इटहरी उपमहानगरका सभापति हेमकर्ण पौडेलले उपसभापति बालकृष्ण विष्टलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
सभापति पौडेलले आफू काम विशेषले उपमहानगर बाहिर जानुपर्ने भएकाले नगर सभापतिको जिम्मेवारी समेत निर्वाह गर्न पत्र दिएका हुन । सभापति पौडेलले कार्यवाहकको जिम्मेवारी सहितको पत्र उपसभापति विष्टलाई हस्तान्तरण गरेका छन् ।
यस्तै सभापति हेमकर्ण पौडेले नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको खाली रहेको कोषाध्यक्ष पदमा सुशीला लेखी चौधरीलाई मनोनयन गरेका छन् । नगर सदस्य रहेकी लेखी लाई नेपाली काँग्रेसको विधान २०१७( संशोधित र परिमार्जित २०७५) को परिच्छेद ३ दफा ९ खण्ड २÷२ले दिएको अधिकार प्रयोग गर्दै उपमहानगर समितिको कोषाध्यक्ष पदमा मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
लेखी लाई वैशाख २० गते कोषाध्यक्ष पदमा मनोनयन गरिएको हो । नगर सदस्य लेखी लाई यस अघि पनि उपमहानगर समितिको कोषाध्यक्ष पदमा मनोनयन गरिएको थियो । तर काँग्रेस नगर समिति भित्रैबाट विधि र प्रक्रिया मिचेर मनोनयन गरिएको भन्दै विरोध भएपछि खारेज गरिएको थियो । तर अहिले पुनः सोही पदमा उनै सुशीला लेखी लाई मनोनीत गरिएको हो ।
