इटहरी । इटहरीमा एक जना बृद्धको शव फेला परेको छ । इटहरी ४ मा अन्दाजी ६० बर्षका व्यक्ति मृत फेला परेका हुन् । ह्युम पाइप भित्र ती पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृतकको पहिचान नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।