इटहरी । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङलाई नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण गराएको छ । पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुणर् भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले आइतबार ध्यानाकर्षण गराएको हो ।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा केन्द्रीय सदस्य अमर खड्का, पुर्वकेन्द्रीय उपाध्यक्षद्धय हर्ष सुब्बा, किशोरकुमार कार्कीलगायत पत्रकारहरुको टोलीले नगरप्रमुख साम्पाङलाई ध्यानाकर्षण गराएको हो । महासंघले पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न पनि ध्यानाकर्षण गराएको छ ।
पत्रकार र सञ्चार माध्यम लक्षित आफ्ना अमर्यादित र गालीगलौजपूणर् अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त आग्रह गरेको छ । अन्यथा महासंघले चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।