इटहरी । फोटोग्राफी तथा भिडियोका लागि विशेष मानिएको भिभो मोबाइलको V-27 सिरिज पूर्वको बजारमा आएको छ । आज इटहरीमा एक कार्यक्रम गरी पूर्व क्षेत्रका ग्राहका लागि भिभोको V-27 सिरिज सार्वजनिक गरिएको हो ।
होटल इन टुरिष्टमा पत्रकार भेटघाट गर्दै सार्वजनिक गरिएको मोबाईल ४६०० एमएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज रहेका V27(5G) / V27(e) गरी दुई मोडेल बजारमा आएका छन ।
सार्वजनिक V-27 स्मार्टफोनको वातावरण अनुसारको लाईटिङ्ग मिलाउने औरा लाईट प्राजेक्ट सिस्टम उत्कृष्ठ मानिएको छ । विशेष गरि फोटो र भिडियोमा काम गर्ने ग्राहक तथा पेशाकर्मीहरुलाई यसले निकै फाईदा पुर्याउने दाबी गरिएको छ । भिडियो भ्लग बनाउने ग्राहकहरुका लागि यो निकै फाईदाकारी हुने कम्पनीको दाबी छ ।
स्मार्टफोनको क्यामराको गुणस्तर निकै राम्रो रहेको भिभो मोबाईलका पूर्वी क्षेत्रका बजार प्रमुख निमेष घिमिरेले जानकारी दिए । नयाँ फिचर सहितको उच्च गणस्तरको स्मार्टफोन बजारमा आएको बजार प्रमुख घिमिरले बताए ।
फोटोग्राफी तथा भिडियो भ्लगरहरुको लागि भिडियो बनाउन सहज हुने एप्लिकेसन समेटिएको घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार विश्वभर ४० करोड प्रयोगकर्ता रहेको भिभोले ६० देशमा बजार विस्तार गरेको छ । नेपालको मोबाइल बजारमा तेस्रो स्थानमा रहेको पूर्वमा दोस्रो नम्बरमा रहेको उनले बताए ।
मे ८ देखि १४ तारिख सम्म अग्रिम बुकिङ गर्न सकिने घिमिरेको भनाइ छ । अग्रिम बुकिङ गर्दा कार्ड भरेर तीन हजार एडभान्स दिनुपर्नेछ । हाल V27(5G) लाई ५८,९९९ र V27(e)लाई ४१,९९९ बजार मूल्य राखिएको छ ।
भिभो मोबाइलका थोक बिक्रेता रोहित कार्कीले भिभो मोबाइलमा कुनै पनि गुनासो नआउने गरेको बताए । कुनै समस्या आए सर्भिस सेन्टर मार्फत समयमै सेवा दिने कार्कीले जानकारी दिए ।