इटहरी । १६१औं विश्व रेडक्रस दिवस इटहरीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६१ औँ विश्व रेडक्रस दिवस मनाईएको हो । परोपकारी मानवीय सस्था रेडक्रसका सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ ।

रेडक्रस दिवसको अवसरमा इटहरी उपशाखाले संस्थापक ड्युना सम्झनामा माल्र्यापण गरेको छ भने कार्यलयमा झण्डोत्तलोन गरेको छ । रेडक्रस उपशाखा इटहरीका सभापति दिनेश भट्टराईले माल्र्यापण गरेका थिए । दिवसकै अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटी इटहरी र जीवन विज्ञान इटहरीको संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक हिरा आचार्यले जानकारी दिए ।।