सुनसरी - धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबिचको बिवादले धरान अशान्त बनेको छ । नगरप्रमुख साम्पाङका समर्थक र वडाअध्यक्ष तथा तीनका समर्थकहरु एक अर्काबिरुद्ध नाराबाजीमा उत्रिएपछी धरान अशान्त बनेको हो ।
हिजो सोमबार धरान १७ का वडाअध्यक्ष मनोज भटराईमाथी साम्पाङका समर्थकले दुब्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेपछी आज इलाका प्रहरी कार्यलय धरानमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । साम्पाङ समर्थकको प्रदर्शन संगसंगै वडाअध्यक्ष तथा कार्यपालिका सदस्य र तीनका समर्थकले पनि साम्पाङबिरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछी तनाव उत्पन्न भएको हो ।
हिजो वडा कार्यालयमा टोल विकास संस्थाहरुको बैठकमा प्रवेश गरि हुलहुज्ज र अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका थिए । उनीहरु निर्दोष भएकोले छोड्नुपर्ने माग गर्दै साम्पाङ पक्षले नाराबाजी गरेका हुन । पक्राउ परेकालाई कानुनी कारबाही गर्नुपर्ने वडाअध्यक्ष र तीनका समर्थकको अडान छ ।
यही बिषयले उग्ररुप लिदा नगरप्रमुख साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताहरुबीच भिडन्त हुने स्थिति बनेको छ । प्रहरीले राजनितिक दलका प्रतिनिधिहरुसंग सर्वदलीय बैठक राखेर अवस्था सामान्य बनाउन पहल थालेको जनाएको छ ।