इटहरी । नेपाल ट्रेड युनियन कांग्रेसको आसन्न ७ औं केन्द्रिय अधिवेशनमा विभिन्न पदका आकाक्षींहरुले उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यसैक्रममा नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रिय उपाध्यक्ष पदमा वर्तमान उप-महासचिव ज्योती कोईरालाले आफ्नो दाबेदारी घोषणा गरेका छन ।
ट्रेड युनियन कांग्रेसको राजनीतिमा लामो समय देखि क्रियाशिल कोईरालाले आगामी जेठ १२,१३ र १४ गते काठमाडौमा हुने नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय अधिवेशनमा आफ्नो दाबी उपाध्यक्षमा रहने घोषणा कोईरालाले गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाको गत २२ गते सम्पन्न ७ औं अधिवेशनमा बोल्दै कोईरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । औद्योगिक कोरिडर रहेको सुनसरी र मोरङलाई छोडेर कोईरालाले झापा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
कोईरालालाई शुभकामना दिदै नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवेले उपाध्यक्ष निर्वाचित गर्न झापा जिल्लाको सहयोग र सद्भाव रहने उल्लेख गरे ।