इटहरी । कोशी प्रदेशका विभिन्न स्थानमा लुटपाट र कुटपिटमा संलग्न भई फरार रहेका १८ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न समयमा भएका लुटपुटमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरू अदालतले २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको सम्मको फैसलाबाट दोषी ठहर भएका हुन् ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ बस्ने ४० वर्षीय रमेश ऋषिदेव, ३५ बर्सिया अकालदेवी ऋषिदेव, ५० वर्षीय मानिका ऋषिदेव, ६० वर्षीय फागुलाल ऋषिदेव, ४० बर्सिया लिलामदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव, ४५ वर्षीय विश्वेश्वर ऋषिदेव, ६८ वर्षीय सुकल मुखिया, ५५ बर्सिया सीतादेवी मुखिया, ७१ वर्षीय रामेश्वर मुखिया, ४३ वर्षीय बुधना रहेका छन् ।
त्यस्तै, सुन वर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय प्रमोद साह, ३६ वर्षीय गङ्गा साह, ३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह, ४० बर्सिया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परेका छन् ।
इलामा प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधवार पक्राउ गरी जिल्ला अदालत मोरङमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।