विराटनगर । विराटनगरमा भ्रष्टाचार विरुद्ध अभियान सुरु भएको छ। नागरिक समाजका अगुवाहरूको सहभागितामा अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकमा भ्रष्टाचार विरुद्धको बृहत् नागरिक आन्दोलनको सुरु भएको छ । ट्राफिक चोकमा स्वतःस्फूर्त जम्मा भएका नागरिक समाजका अगुवाहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि सारिएको बताएका छन् । भुटानी शरणार्थीको नाममा भएका भ्रष्टाचारसँगै अन्य घोटालाहरू पनि छानबिन हुनु पर्ने माग उनीहरूको छ । अर्थशास्त्री भेषप्रसाद धमलाले देश भ्रष्टाचारको दलदलमा फसिसकेकोले देशलाई जोगाउन सबै एक भएर लाग्नु पर्ने बताए । ‘जताततै भ्रष्टाचारको जालो देखिएको छ, उनले भने, ठुला नेताहरू नै भ्रष्टाचारको महाजालमा लागेका छन्, यो हाम्रो लागि दुर्भाग्य बन्यो त्यसैको विरुद्धमा नागरिक समाज सडकमा आउनु प¥यो ।’ 

भुटानी शरणार्थीको नाममा पछिल्लो समय सार्वजनिक भएको घटना पछि नागरिक त्रसित बनेका छन् । साना भ्रष्टाचार मात्र देखिएकोमा ठुला भ्रष्टाचारका घटनाहरूले अत्यन्त दुखी बनाएकोले जस्तोसुकै भ्रष्टाचार गर्नेलाई जेल हाल्नु पर्ने नागरिक समाजको माग छ । 

प्रदेश सभाका पूर्व सांसद सुयर्माराज राईले सबै खालको घोटाला र भ्रष्टाचारको छानबिन हुनु पर्ने बताए । ‘नागरिकले तिरेको करलाई दोहन गर्ने काम भएको छ, उनले भने, जुनसुकै भ्रष्टाचारका फायल खोलेर कारबाही गर्न हाम्रो माग हो ।’ उनले भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
पहिलो काम देशलाई सुशासनको बाटोमा लग्न सबै एक हुनु पर्ने भएकोले त्यसमा सहभागी हुन आव्हान गरिएको छ। बृहत् नागरिक अभियानको नाममा सुरु भएको आन्दोलन हरेक दिन साँझ ५ बजेदेखि १ घण्टासम्म प्लेकार्ड सहित भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने माग सहित ट्राफिक चोकमा जम्मा हुने जनाइएको छ। 

पहिलो काम देशलाई सुशासनको बाटोमा लग्न सबै एक हुनु पर्ने भएकोले त्यसमा सहभागी हुन आव्हान गरिएको छ। बृहत् नागरिक अभियानको नाममा सुरु भएको आन्दोलन हरेक दिन साँझ ५ बजेदेखि १ घण्टासम्म प्लेकार्ड सहित भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने माग सहित ट्राफिक चोकमा जम्मा हुने जनाइएको छ। 


















