विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालयले १४ वटै जिल्ला प्रहरी कार्यालयहरूको समीक्षा तथा अन्तरक्रिया गरेको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरूलाई जिल्लाको शान्ति सुरक्षा तथा अहिलेसम्मको कार्यको बारेमा भच्र्युअल माध्यमाबाट जानकारी लिएका थिए । प्रहरी प्रधान कार्यालय तथा कोसी प्रदेश प्रहरी कार्यालयबाट भएको आदेश निर्देशनको कार्यान्वयन तथा प्रहरी कार्यालयहरूद्वारा गरिएका कार्य प्रगति विवरणहरूको जिल्लागत समीक्षा भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
समीक्षा कार्यक्रममा पेण्डिङ मुद्दा, फरार प्रतिवादी पक्राउ, भन्सार चोरी तस्करी नियन्त्रण, समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्बन्धी भए गरेको प्रगति विवरणको समीक्षा गरिएको थियो । यस्तै आगामी दिनमा संचालनमा रहेका सचेतना मूलक कार्यक्रमहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बारेमा छलफल भएको छ । कुनै अप्रिय घटना घटना हुन नदिन तथा त्यस्ता घटना हुन नदिन प्रहरी परिचालन गरि समाजमा शान्ति सुरक्षा प्रदान गर्न बास्तोलाले निर्देशन दिए ।