सुनसरी । धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाङको प्रेस स्वतन्त्रता बिरोधी गतिबिधिबाट असुरक्षित भएको जनाउदै सुनसरीका पत्रकार आन्दोलित भएका छन ।

नगरप्रमुख साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित बनेको भन्दै महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यलय सुनसरी मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र पठाएका छन ।

साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको ठहर गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

भोली बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन, प्रशारण गर्न आग्रह गर्ने आन्दोलनको कार्यक्रम रहेको छ । यस्तै, बैशाख ३१ गते सुनसरीका पत्रकारहरुले एउटै नारा फेसबुक स्टाटस लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रर्दशन गर्ने र जेठ २ गते धरानमा पुर्वनगर प्रमुखहरुसँग अन्तरक्रिया गर्ने पनि आन्दोलनको कार्यक्रममा समावेश गरिएको छ ।

पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यबद्धता जनाएका छन् ।