विराटनगर । विराटनगर–५, मुनाल पथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरूले आफ्नो नेता छान्न मतदानको अभ्यास सुरु गरेका छन् । विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रवार मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका दुई सय बढी छात्र छात्रा मतदानमा सहभागी भए । 
विद्यार्थीलाई मतदान बारे जानकारी दिन र नेता छान्ने प्रक्रिया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुङ्गानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए । 

विद्या भूमि स्कुलले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुंगानको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उसले जान्ने पर्ने सीपहरू   विद्यालयले दिँदै आएको उनले बताए ।