इटहरी । इटहरी उपमहानगरपालिकाको  जनप्रतिनिधि र कर्मचारीको एक टोली दक्षिण कोरिया प्रस्थान गरेको छ । नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वमा पाँच सदस्य टोली तालिमको लागि दक्षिण कोरिया गएको हो । नगर प्रमुख पौडेल सहित  उपप्रमुख  संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, पूर्वाधार विज्ञ अर्जुन दाहाल र वातावरण इन्जिनियर युगदिप लुईटेल टोलीमा सहभागी छन् । टोली यही शनिबार दक्षिण कोरिया प्रस्थान गरेको छ । 

दक्षिण कोरियामा रहँदा पौडेल नेतृत्वको टोलीले इटहरी उपमहानगरका सम्भावनाहरुको बारेमा अनुभव लिने जनाईएको छ।  प्रमुख पौडेलले  दक्षिण कोरिया जाँदा संघीय तथा स्थानीय सरकारको तर्फबाट कुनै खर्च नहुने जानकारी दिए ।  दक्षिण कोरियामा रहँदासम्मको अबधिकोलागि कार्यवाहक प्रमुखको जिम्मेवारीमा  इटहरी उपमहानगरपालिकाका वडा नमबर ६ का वडा अध्यक्षलाई दिईएको छ। एक हप्तासम्म कोरियामा रहने टोलीले  वातावरणसम्बन्धी तालिममा सहभागीमा जनाउने बताईएको छ।