सुनसरी । सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न भारतसंग सीमा जोडिएको सुनसरीको ६३ किलोमिटर क्षेत्रमा सुनसरी प्रशासनले बिशेष अभियान चलाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको सुरक्षा समितीले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र अपराधिक गतिबिधि रोक्न नियमित अनुगमन, समन्वयत्मक छलफल र प्रचारप्रसार लगायतका कार्यक्रमलाई तिब्रता दिएको हो ।

जिल्ला सुरक्षा समितीको टोलीले सीमा क्षेत्रका स्थानियको समस्या पहिचान र समाधानको लागि पनि पहल थालिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सीमा क्षेत्रमा तस्करी बढेको गुनासो आएसंगै लामो समय रहेका जनपथ र शसस्त्र प्रहरीको युनिटका टोलीहरुलाई समेत परिवर्तन गरिएको प्रहरीले जनाएको छ ।