इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान उप महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बुले वडाध्यक्षलाई निर्देशन सहित पठाएको पत्र पनि फिर्ता गरेको बताएका छन् ।
स्वकीय सचिवले पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा प्रश्न गर्ने धरान १० का वडा अध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण समेत फिर्ता लिएको बताएका छन् ।
धरानका मेयर हर्क साम्पाङगका स्वकीय सचिव लिम्बुले भौतिक निर्माणको प्रगति सहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरका बिचमा विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि ६१ दिन देखि धरान उप महानगरपालिकाको कार्यपालिका बस्न सकेको थिएन । मेयर र वडाध्यक्षका बिचमा विवाद बढ्दै गएपछि केही दिन अघि धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई मनोज माथि साम्पाङ सर्मथकहरुले हातपात र मसो दल्ने प्रयास गरेका थिए ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले पटक पटक साम्पाङ्गलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका थिए । तर मेयर साम्पाङले आग्रह मानेका थिएनन् । एक साता अघि उप मेयर आइन्द्र विक्रम बेघाले वडाध्यक्षको जायज माग पुरा गर्नु पर्ने बताएका थिए ।
प्रदेश र सङ्घीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् । बैठक चलिरहेको छ ।सचिव लिम्बुले भौतिक निर्माणको प्रगति सहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरका बिचमा विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि ६१ दिन देखि धरान उप महानगरपालिकाको कार्यपालिका बस्न सकेको थिएन । मेयर र वडाध्यक्षका बिचमा विवाद बढ्दै गएपछि केही दिन अघि धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई ( मनोज) माथि साम्पाङ सर्मथकहरुले हातपात र मसो दल्ने प्रयास गरेका थिए ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले पटक पटक साम्पाङ्गलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका थिए । तर मेयर साम्पाङले आग्रह मानेका थिएनन् । एक साता अघि उप मेयर आइन्द्र विक्रम बेघाले वडाध्यक्षको जायज माग पुरा गर्नु पर्ने बताएका थिए ।
प्रदेश र सङ्घीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् । बैठक चलिरहेको छ ।