विराटनगर । २०४६ साल यता सार्वजनिक भएका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै विराटनगरमा सामाजिक अभियन्ताहरूले अर्धनङ्गन भएर प्रदर्शन गरेका छन् । सामाजिक अभियान्ताहरुको समूहले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नाङ्गो भएकाले साङ्केतिक रूपमा अर्धनङ्गन भएर प्रदर्शन गरेको बताएका छन् ।
विराटनगरको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरूले करोडौँको बङ्गला र घडेरी कसले किनिदियो रु लाखौँको गाडी कसले किनिदियो लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन अहिले सम्मका भ्रष्टाचारका फाइलहरू खोलिनु पर्ने माग राखे । सामाजिक अभियन्ता उत्तम ढुङ्गेलले भने, अहिले नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै देखाएर अरू भ्रष्टाचारका मुद्दाहरू ओझेलमा पारिँदै छ । उनले अहिले सम्म सार्वजनिक भएका भ्रष्टाचारका दोषीहरूलाई यसरी नै जनताका सामु नाङ्गे झार बनाउनु पर्छ भन्ने हाम्रो माग हो । उनले यस्ता भ्रष्टाचारका काण्डहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम भएको बताए । सरकार र राजनीतिक दल नाङ्गो भइसके प्रदर्शनमा सहभागी रामबाबु दाहालले बताए ।
विराटनगरको ट्राफिक चोकमा दिनहुँ विभिन्न समूहले भ्रष्टाचारीलाई कारवाहीको माग राख्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा नेपाली काङ्ग्रेस कोइराला समूहका नेता तथा कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागिता हुने गरेको छ ।