सुनसरी । सिमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसंगै कोशी प्रदेश अन्तर्गत नेपाल भारत सिमा क्षेत्रमा लामो समयदेखी खटिएका शसस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन थालिएको छ । दुई साताअघि स्याउ तस्करीमा संगलग्न रहेको आरोपमा शसस्त्र प्रहरी बल बराह १ नं बाहिनी पकलीले सिमा सुरक्षा गुल्म घेराबारी झापाका शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन शर्मा र विओपी केचना झापाका शसस्त्र प्रहरी निरिक्षक वकिल कुमार धानुकलाई कारबाही फिर्ता बोलाएर कारबाही थालेको शसस्त्र प्रहरीले ५ जनामाथी कारबाही गरेको छ । शर्माको ठाउँमा शसस्त्र प्रहरी नायव उपरिक्षक प्रभात कुमार गौतम र धानुकको ठाउँमा शसस्त्र प्रहरी निरिक्षक जितेन्द्र बस्नेतलाई पठाईएको शसस्त्र प्रहरी बल बराह बाहिनी पकलीले अन्य ११ जना माथी कारबाही प्रकृया सुरु गरेको जनाएको छ ।
कोशी प्रदेशका नेपाल भारत सिमा जोडिएका बोर्डर आउट पोष्टमा लामो समयसम्म एउटै युनिट खटिदा तस्करी बढेको गुनासो आएपछी उक्त युनिटहरु परिवर्तन गरिएको शसस्त्र प्रहरी बल बराह बाहिनी कोशीका प्रमुख प्रहरी नायब महानिरिक्षक अञ्जनी पोखरेलले बताए । लामो समयसम्म सिमा सुरक्षार्थ एउटै गुल्ममा खटिएका अधिकृत सहितको टोलीलाई समेत फिर्ता बोलाएर सो ठाउँमा नयाँलाई जिम्मेवारी दिईएको पोखरेलले जानकारी दिए । उनका अनुसार विओपी बसन्तपुर सुनसरीमा कार्यरत शसस्त्र प्रहरी निरिक्षक सुमन रानाभाटको टोलीलाई फिर्ता बनाएर शसस्त्र प्रहरी निरिक्षक नारायण प्रसाद विकलाई पठाईएको छ । विओपी नक्कलबन्दा झापामा शसस्त्र प्रहरी नायव निरिक्षक ऋषिराम खत्रीको ठाउँमा शसस्त्र प्रहरी नायव निरिक्षक माधव खत्रीलाई खटाईएको छ । विओपी आमगाछी झापामा कार्यरत शसस्त्र प्रहरी नायव निरिक्षक पुरनलाल राजवंशीको ठाउँमा शसस्त्र प्रहरी नायव निरिक्षक आशकुमार कुमाललाई खटाईएको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म काकडभिट्टामा ७० जनाको टोली परिवर्तन गरिएको छ । अर्को प्रस्तावित सिमा सुरक्षा गुल्म रानीका ७८ जनालाई फिर्ता बोलाईएको छ । विओपी दरैया मोरगंका २१ जना टोलीलाई पनि परिवर्तन गरिएको छ । विओपी बसन्तपुर सुनसरीका २० जना र विओपी अमडुवा सुनसरीका १८ जनालाई समेत परिवर्तन गरिएको पोखरेलले जानकारी दिए । कार्य सम्पादन सन्तोषजनक नभएका सात जना शसस्त्र प्रहरी कर्मचारीहरुलाई तराईका विओपीबाट पहाडी गुल्ममा पठाइएको छ । सिमा सुरक्षालाई मजबुद बनाउन पहाडी गुल्मबाट तराईका विओपीहरुमा ६० जना जनशक्ति थप गरिएको डिआइजी पोखरेलले बताए । बाहिनीले मातहका विओपी तथा सुरक्षा वेसहरुमा कार्यरतरहि सन्तोषजनक काम नगर्ने शसस्त्र प्रहरी कर्मचारीलाई त्यहाँबाट झिकाई कारबाही स्वरुप सुधारोन्मुख तालिम दिन सुरु गरेको जनाएको छ । उक्त तालिममा झापा, मोरगं र सुनसरीका विभिन्न गणका २ सय सात जना शसस्त्र प्रहरी कर्मचारीलाई सहभागी गराईएको जनाइएको छ ।