सुनसरी । सेवाग्राही ठग्ने लेखापढी ब्यवशायीप्रति आक्रमक बनेको जिल्ला प्रशासन कार्यालय सुनसरीले ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी कारबाहीको सुरु गरेको छ ।
कार्यलयको गेट बाहिर सेवाग्राही ढुकेर बस्ने र उनीहरुबाट रकम असुल्ने काम नगर्न सुनसरी प्रशासनले लेखापढी व्यवसायी यसअघि सचेत गराउदै आएको थियो ।
कार्यलय परिषरमा निगरानी बढाएको प्रशासनले सेवाग्राही ठगएिको गुनासोको आधारमा पक्राउ गर्दै सर्वसाधारणबाट असुलेको रकम फिर्ता समेत गराएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन ।
यसअघि सुनसरी प्रशासनले अत्याआवश्यक काम बाहेक लेखापढी ब्यवशायीहरुलाई कार्यलय प्रवेशमा रोक लगाएको थियो ।