सुनसरी । खेलकुद बिकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेले दोस्रो पटक स्पष्टिकरण पेश गरेका छन । वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक बिकास मन्त्रालयले स्पष्टीकरण पेस गर्न बिहिबार अर्को पत्र पठाएको थियो । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पनि उनीसँग स्पष्टीकरण मागेको थियो । उक्त स्पष्टीकरणको जवाफ समेत चित्त बुझ्दो नभएकाले कारण सहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निणर्य अनुसार बिहिबार अर्को पत्र पठाएपछी पुन स्पष्टिकरण पेश गरेको वाग्लेले जानकारी दिए ।
सामाजिक बिकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सदस्य सचिव वाग्लेलाई यसअघि प्रदेश खेलकुद ऐन २०७६ को दफा १२ को उपदफा १ ख बमोजिन प्रदेश खेलकुद बिकास बोर्डबाट भएका निणर्य कार्यन्वयन गर्ने गराउने र खण्ड च बमोजिम बोर्डको कार्य सञ्चालनमा अनुशासन र पारदर्शीता कायम गर्ने कानूनी कर्तब्य बिपरित प्रदेश सरकार र प्रदेश उल्लेख नगरी प्रतियोगिता सञ्चालन गर्नुको चिक्त बुझ्दो स्पष्टीकरण जवाफ एकसाता भित्र पेश गर्न पत्र काटिएको थियो । उक्त स्पष्टीकरण पेश गरिसकेका बाग्लेलाई स्पष्टीकरण चिक्त बुझ्दो नभएको जनाउदै पुन स्पष्टिकरण सोधिएको सामाजिक बिकास मन्त्री राजभण्डारीले जानकारी दिए । उक्त स्पष्टीकरण पनि चिक्तबुझ्दो नभए प्रक्रिया पुर्याएर बर्खास्त गरिने मन्त्री राजभण्डारीले बताए ।
कोशी प्रदेश नामाकरणको बिरोधमा पहिचानवादीहरुको आन्दोलनकैक्रममा दमकमा भलिबल प्रतियोगिता आयोजना गर्दा बिरोध भएको थियो । प्रतियोगिता उद्धघाटनको क्रममा पहिचानवादीहरु खेल मैदानमा प्रवेश गरी कोसी प्रदेश नामविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाएपनि आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेले उनीहरुलाई सम्झाइ बुझाइ प्रतियोगिता गराएका थिए । उक्त प्रतियोगिताको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले उद्धघाटन गरेका थिए । दमकस्थित हिमालय माबिको मैदानमा तीन दिनसम्म चलेको प्रतियोगताको लागि खेलकुद बिकास बोर्डले २० लाख रुपैया बिनियोजन गरेको थियो । कणर्ाली र बाग्मती प्रदेशले सहभागिता नजनाएको प्रतियोगितामा लुम्बिनी, मधेस, गण्डकी , कोसी र सुदूरपश्चिम प्रदेश सहभागी थिए । आयोजक कोसी प्रदेशलाई सोझो सेटमा हराउँदै गण्डकीले उपाधि सहित ३ लाख जितेको थियो । उपबिजेता कोशीले २ लाख पुरस्कार पाएको थियो ।
सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गरेको छ । मन्त्री राजभण्डारीले सदस्य सचिव वाग्लेलाई पहिलो स्पष्टीकरण सोधेको दुइदिनपछी प्रभु बैंकको बिराटनगरस्थित तीनपैनी शाखालाई पत्राचार गर्दै खाता रोक्का गरिदिन आग्रह गरेका थिए । वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा नेकपा एकीकृत समाजवादीको कोटामा सदस्यसचिव नियुक्त भएका हुन् । अहिलको सामाजिक विकास मन्त्री राजभण्डारी नेकपा एमालेका हुन ।